संकटा विराट गोल्डकपको क्वार्टरफाइनल प्रवेश


भारततीय टिम मोहम्मडन स्पोर्टिङ क्लब कोलकातालाई हराउँदै संकटा क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ।

सहिद रंगशालामा आइतबार साँझ भएको खेल निर्धारित समय गोलरहित बराबरी सकिएपछिको थप समयमा गोल गरेको संकटा १-०ले विजयी हुँदै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

संकटाको संघर्षपूर्ण जितमा अफ्रिकन खेलाडी जिब्रेलले गोल गरे। उनले थप समयको १३ औं मिनेटमा लक्ष्मण रूचालको क्रसमा गोल गर्दै टिमलाई जिताएका थिए।

यसैबीच कोलकाताका प्रशिक्षक अनन्त घोषले खेलाडीले राम्रो प्रदर्शन गरे पनि नतिजाले आफ्नो पक्षमा पर्न नसक्नु दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिए। यस्तै संकटाका प्रशिक्षक सल्यान खड्गीले जुनियर खेलाडीका साथमा मैदानमा उत्रदा पनि नतिजा हात लाग्नु गर्वको विषय भएको बताए ।

खड्गीले सिनियर खेलाडी बुटवलमा खेलिरहेका कारण जुनियर खेलाडी मात्र विराट गोल्डकपमा सहभागी भएको जानकारी दिए। संकटाका कप्तान सरोज दाहाल म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

विराट गोल्डकपमा आज

‍मोरङ–११ विरूद्ध झापा–११

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.