मोरङलाई हराउँदै फाल्गुनन्द गोल्डकपको उपाधि सुनसरीले जित्यो


 

नवौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको उपाधि सुनसरी ११ ले उचालेको छ। आइतबार फिदिम माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनलमा मोरङ ११ लाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधि जितेको हो।

पहिलो हाफ गोल रहित बराबरी सकिएको खेलमा सुनसरीका लागि ६६ औं मिनेटमा तिर्थ बस्नेतले गोल गर्दै अग्रता दिलाए। यस्तै खेल सकिन ५ मिनेट बाँकी हुँदा सुरज सुनुवारले गोल गर्दै सुनसरीको अग्रता दोब्बर पारे। मोरङले गोल गर्ने केही राम्रो अवसर खेर फाल्दा उपाधिबिमुख हुनुपर्‍यो।

उपाधि विजेता सुनसरीले ३ लाख रुपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता मोरङले २ लाख रुपैँया पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.