फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को समूह विभाजन गरिएको छ। शुक्रबार आयोजक देश रसियाको मस्कोमा छनोट भएका ३२ टिमलाई ८ समूहमा विभाजन गरिएको छ।
समूह विभाजन अगस्ट महिनाको फिफा वरीयताका आधारमा गरिएको थियो। वरियताका आधारमा छनोट भएका ३२ टिमलाई ४ पोटमा विभाजन गरिएको थियो। प्रत्येक पोर्टबाट १-१ टिम ८ समूहमा परेका छन्।
आगामी वर्ष रूसमा हुने फिफा विश्वकपमा बलिया टोलीले तुलनात्कम रूपमा सहज प्रतिद्वन्द्वी पाएका छन्। शुक्रबार राजधानी मस्कोमा सम्पन्न ‘ड्र’ मा आयोजक रूसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन्। उद्घाटन खेलमा रसियाले साउदी अरबको सामना गर्नेछ।
समूह ‘बी’ मा पूर्वविजेता स्पेनसँगै पोर्चुगल, इरान र मोरक्को छन्। जुन १५ मा समूहको पहिलो खेलमा पोर्चुगल र स्पेन आमने–सामने हुनेछन्।
समूह ‘सी’ मा सन् १९९८ विजेता फ्रान्स, पेरू, डेनमार्क र अस्ट्रेलिया परेका छन्। फ्रान्सले आफ्नो पहिलो खेल १६ जुनमा अष्ट्रेलियासँग खेल्नेछ।
दुईपल्टको विजेता अर्जेन्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड छन्।
अर्जेन्टिनाले पहिलो खेलमा डेब्यू गरिरहेको आइसल्यान्ड, दोस्रोमा क्रोएसिया र अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ।
सर्वाधिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ । ब्राजिलको पहिलो खेल १७ जुनमा स्विटजरल्याणसँग हुनेछ।
समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन्। जर्मनीले जुन १७ मा समूहको पहिलो खेल मेक्सिकोसँग खेल्नेछ। यस्तै जुन २३ मा स्विडेन तथा जुन २७ मा समूहको अन्तिम खेल कोरियासँग खेल्नेछ।
सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्डको समूह ‘जी’ मा बेल्जियम, ट्युनिसिया र नवप्रवेशी पानामा छन्। समूहको पहिलो खेलमा इंल्याण्डले जुन १८ ट्यूनिसियासँग पहिलो खेल खेल्नेछ भने इंग्ल्यान्ड र बेल्जियमले समूहको अन्तिम खेलमा जुन २८ गते प्रतिस्पर्धा गर्नेछन्।
समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र एसियाली महारथि जापान छन्। समूहको पहिलो खेलमा पोल्याण्डले १९ जुनमा सेनेगलसँग खेल्नेछ।
प्रतियोगिताको उद्घाटन खेल राजधानी मस्कोस्थित लुझिंकी रंगशालामा जुन १४ आयोजक रूस र साउदी अरेबिया बीच हुनेछ। समूह चरणको अन्तिम खेल
एक महिना चल्ने प्रतियोगिताको फाइनल खेल यही रंगशालामा जुलाई १५ मा खेलिने छ। प्रतियोगिताका लागि विभिन्न ३२ देशले एक महिनासम्म प्रतिश्पर्धा गर्नेछन्।
https://www.youtube.com/watch?v=beTvLwWQiYk