आइपिएल २०२५ अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्टमाथि एक विकेटको जित निकालेको छ।
सोमबार राति सकिएको खेलमा लखनउले दिएको २१० रनको लक्ष्य दिल्लीले ९ विकेट गुमाएर अन्तिम तीन बल खेल्न बाँकी छदा पूरा गर्यो।
दिल्लीको जितमा आसुतोष शर्माले नटआउट ६६ रन बनाए। उनले ३१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले मिचेल मार्सको ७२ रन र निकोलास पूरनको ७५ रनको मद्दतमा २०९ रन बनाएको थियो।