प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले फाइनल खेल्ने सम्भावना जीवितै राखेको छ।
एपिएफले सोमबार रुपन्देहीको एक्स्ट्राटेक ओभलमा लुम्बिनीलाई ७ विकेटले पराजित गर्दै फाइनलको आशा बाँकी राखेको हो।
अंक तालिकाको तेस्रो स्थानमा रहेको एपिएफले अन्तिम खेलअघि १२ अंक जोडेको छ। दुई खेल खेल्न बाँकी रहेको शीर्ष स्थानको नेपाल पुलिस क्लबको १४ अंक र एक खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबको पनि १४ अंक छ।
अन्तिम खेलमा आर्मीले पुलिससँग खेल्नेछ। अन्तिम खेलमा आर्मी पराजित भएर एपिएफले कोशी प्रदेशलाई हराए एपिएफको फाइनल सम्भावना हुनेछ। पुलिसका लागि भने कर्णाली र पुलिसमध्ये एक खेल जिते फाइनल पक्का हुनेछ।
यससँगै एपिएफसँगै आर्मी र पुलिसको पनि शीर्ष चार स्थान भने पक्का भएको छ।
सोमबार लुम्बिनीले दिएको २२४ रनको लक्ष्य एपिएफले ३ विकेटको क्षतिमा पूरा गर्यो। एपिएफक लागि कप्तान रोहित पौडेलले ७१ रन र पुरन विकले नटआउट ७२ रन बनाए।
त्यसअघि लुम्बिनीले मृनाल गुरुङको ५५ रन र कप्तान देव खनालको ६३ रनको मद्दतमा ८ विकेटको क्षतिमा २२३ रन बनायो।
बलिङमा एपिएफका अभिषेक गौत र अमरसिंह रटेउलाले ३-३ विकेट लिए भने मौसम ढकालले २ विकेट हात पारे।