प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले तेस्रो जित निकालेको छ।
सुदूरले आइतबार दाङको लमहीमा भएको खेलमा कोशी प्रदेशलाई ३१ रनले हरायो। सुदुरले अन्तिम खेलअघि ८ खेलबाट ३ जित निकाल्न सफल भयो। कोशीले भने ८ खेलबाट १ जित मात्र दर्ता गराउन सफल भएको छ।
सुदूरले दिएको २४३ रनको लक्ष्य पछ्याएको कोशी ४५.१ ओभरमा २११ रनमा अलआउट भयो। कोशीका लागि शकिब हकले ६२ रन, अंकित सुवेदी र समितर काकीले ३८-३८ रन तथा आइश भट्टराईले ३६ रन बनाए।
बलिङमा सुदूरका सूर्य श्रेष्ठले ३ र भोटराज भट्टले २-२ विकेट हात पारे।
किरणको शतक
त्यसअघि सुदूरपश्चिम प्रदेशका किरणकुमार ठगुन्नाले शतक प्रहार गरे। उनले एकै सिजन दुई शतक प्रहार गरेका छन्।
यससँगै अघिल्लो सिजनको दुई शतक प्रहार गरेका त्रिभुवन आर्मीका क्लब कप्तान विनोद भण्डारीको कीर्तिमान बराबरी गरेका छन्। गत सिजन भण्डारीले एकै सिजन दुई शतक प्रहार गर्ने कीर्तिमान बनाएका थिए।
किरणले आइतबार दाङको लमहीमा भएको कोशी प्रदेशविरूद्धको खेलमा शतक प्रहार गरेका हुन्।
छैटौं नम्बरमा ब्याटिङ गरेका किरणले ११५ रन बनाउन सफल भए। उनले ९१ बलमा १२ चौका र ४ छक्का प्रहार गर्न सफल भए।
किरणको शतकमा सुदूरपश्चिमले कोशीविरूद्ध आइतबार २४२ रन जोडेको छ। किरणबाहेक सुदूरपश्चिमका अरु ब्याटर सस्तैमा आउट भए। बलिङमा कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए भने फिर्दोस अन्सारी र अंकित सुवेदीले २-२ विकेट लिए।
यसअघि किरणले गण्डकीविरूद्धको खेलमा १२१ रन प्रहार गरेका थिए।
जारी प्रधानमन्त्री कपमा यो तेस्रो शतक हो। किरणबाहेक जारी प्रतियोगितामा आर्मीका ओपनर त्रृतराज दासले पनि शतक प्रहार गरेका छन्।
दासले कोशीविरूद्धकै खेलमा ११२ रन बनाएका थिए। अघिल्लो सिजन १० शतक प्रहार पनि यो सिजन संघारमा आइपुग्दा अहिलेसम्म तीन शतक मात्र प्रहार हुन सफल भएका छन्।