साविक विजेता कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै इन्डियन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बेंग्लुरूले सुखद सुरूवात गरेको छ।
इडेन गार्डेनमा गएराति सकिएको उद्घाटन खेलमा बेंग्लुरूले कोलकातालाई ७ विकेटले पराजित गरेको हो।
बेंग्लुरूले १७५ रनको लक्ष्य ३ विकेट गुमाएर १६.२ ओभरमा पूरा गर्यो।
त्यसक्रममा ओपनर विराट कोहली र फिल सल्टले अर्धशतक हाने।
सल्टले ३१ बलमा ९ चौका र २ छक्का हानेर ५६ रन बनाउँदा कोहली ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५९ रन बनाएर नट आउट रहे।
त्यस्तै कप्तान रजत पाटिदारले १६ बलमा ५ चौका र १ छक्का प्रहार गरी ३४ रन बनाए।
लियम लिभिङस्टोनले नट आउट १५ रन बनाउँदा देवदत पाडिकलले १० रन जोडे।
बलिङतर्फ वैभव अरोरा, वरूण चक्रवर्थी र सुनिल नारायणले एक/एक विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेट गुमाएर १७४ रन बनाएको थियो।
कोलकाताका लागि कप्तान अजिन्क्य रहानेले ५६ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का हाने।
सुनिल नारायणले २६ बलमा ५ चौका र ३ छक्का प्रहार गरी ४४ रन बनाए। अंक्रिश रघुवंशीले २२ बलमा २ चौका र १ छक्का प्रहार गरे।
रिंकु सिंहले १२ रन जोडे।
बलिङतर्फ बेंग्लुरूका क्रुनाल पाण्डेले ३, जोश हेजलवुडले २ तथा यश दयाल, रशिक सलाम र सुयाश शर्माले एक/एक विकेट लिए।
आइपिएलमा आइतबार सनराइजर्स हैदरावादले राजस्थान रोयल्स र चेन्नाई सुपर किंग्सले मुम्बई इन्डियन्ससँग खेल्दैछ।