नेपाली राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दू बर्माले राम्रो क्रिकेट खेले पनि नतिजा आउन नसकेको बताएका छन्।
युगाण्डामा चार देश सम्मिलित टी-२० वुमेन्स डे कपमा खराब प्रदर्शनसहित नेपाली टोली बुधबार स्वदेश फर्किएपछि इन्दूले प्रक्रिया दिएकी हुन्।
उपाधि जित्ने लक्ष्यसहित युगाण्डा गएको नेपालले कुल छ मध्ये दुई जित र चार हार सामना गर्दा चौथो भएको थियो।
बुभबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कप्तान इन्दूले आफ्नो टोलीले राम्रो क्रिकेट खेले पनि दुर्भाग्यवश राम्रो नतिजा नआएको बताइन्।
उनले युगाण्डा भ्रमणका क्रममा नेपालले राम्रो अनुभव बटुलेको उनको भनााइ छ।
युगाण्डा, नामिबिया र हङकङ राम्रा टोली रहेको र ती टोलीसँग खेल्दा नेपालका लागि एक्सपोजर मिलेको उनले बताइन्।
नेपालको जस्तै पिच कन्डिसन भए पनि नतिजा आउन नसकेको उनले स्वीकार गरिन्।
स-साना गल्ति भइरहेको र त्यसमा आफूले नै भूमिका खेल्नुपर्ने भए पनि व्यक्तिगत रूपमा राम्रो प्रदर्शन नभएको इन्दूले बताइन्।
आफूले पनि अझ राम्रो खेलेको भए केही खेलमा जित सम्भव देखिएको उनको भनाइ छ।
युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र ती खेलाडीले यसरी नै एक्सपोजरमा पाएमा अझै राम्रो क्रिकेट खेल्ने विश्वास कप्तान इन्दूको छ।
-न्युज एजेन्सी नेपाल