नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन्।
धनगढीमा जारी प्रतियोगिताको सेमिफाइनलमा पुगेको डिसिए धनगढीले ऐरीलाई आफ्नो टिमबाट खेलाउने भएको हो।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आइतबार डिसिए धनगढीले सिवाइसी अत्तरियासँग खेल्दैछ।
आइतबारको खेल रोमाञ्चक हुने भएको छ। डिसिएबाट दीपेन्द्र, ललित राजवंशी, लोकेश बम, नारायण जोशी लगायतका खेलाडीहरू छन्।
अत्तरियामा भीम सार्की, विवेक यादव, साहब आलम, रसिद खान लगायत खेलाडी छन्। दुवै टोलीहरूको खेल प्रतिस्पर्धात्मक हुने भएको छ।
शनिबार भएको पहिलो सेमिफाइनलमा न्यू होराइजन बुटवललाई पाँच विकेटले स्तब्ध पार्दै डडेल्धुरा उपाधि नजिक पुगेको हो।
डडेल्धुरालाई फाइनल नजिक पुर्याउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कुशल भुर्तेलले अलराउन्ड प्रदर्शन गरे।