अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा क्रिकेट प्रतियोगितामाको सेमिफाइनल समिकरण पूरा भएको छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट रंगशालामा शुक्रबार समूह चरणको अन्तिम खेलमा सिवाइसी अत्तरियाले न्यु होराइजन बुटवलालाई ७८ रनले पराजित गर्यो।
जितसँगै अत्तरिया समूहका तीनै खेल जितेर समूह विजेता बन्यो। बुटवल हारका बावजुत पनि उपविजेता बन्दै अन्तिम चारमा पुग्यो।
यसअघि समूह ‘ए’ बाट फेण्ड्स युथ क्लब डडेल्धुरा विजेता र डिसिए धनगढी उपविजेता बनेर अन्तिम चारमा पुगेका थिए।
अब अन्तिम चारमा डडेल्धुरा र बुटवल तथा अत्तरिया र धनगढीबीच खेल हुनेछन्। पहिलो सेमिफाइनल शनिबार र आइतबार हुनेछन् भने सोमबार उपाधि भिडन्त हुनेछ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन्।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ। उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०-५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ।