नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजमा थाइल्यान्डले पहिलो हार ब्यहोरेको छ।
यसअघि लगातार चार खेलमा जित निकालेको थाइल्यान्डलाई बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले १ विकेटले पराजित गर्यो।
नेदरल्यान्ड्सले ११० रनको लक्ष्य अन्तिम बलमा ९ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकाल्यो।
अन्तिम बलमा दुई रन चाहिएको बलमा सिल्भर सेइजर्सले दुई रन नै लिन सफल भएकी थिइन्।
सिरिजमा थाइल्यान्डले ५ खेलमा ४ जित निकालेको छ भने नेदरल्यान्ड्सले ६ खेलमा ४ जित निकालेको छ। अंक तालिकामा दुवै टोलीको समान ८-८ अंक छ।
अब सिरिजको अन्तिम खेलमा नेपाल र थाइल्यान्ड भिड्दैछ। यो खेलमा नेपालले थाइल्यान्डमाथि नेपालले जित निकाले नेदरल्यान्ड्सको उपाधि सम्भावना हुनेछ। यद्यपी साघुँरो अन्तरको हारले पनि थाइल्यान्ड उपाधि जित्न सक्नेछ।
सिरिजमा नेपाल भने लगातार पाँच खेलमा पराजित भइसकेको छ।