नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी अलराउन्डर पूजा महतोले दोस्रो टी-२० अर्धशतक प्रहार गरेकी छिन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार पूजाले नेदरल्यान्ड्सविरूद्ध नटआउट ६२ रन जोडेकी हुन्। उनले ५१ बलमा ५ चौका प्रहार गरिन्।
यसअघि उनले पहिलो टी-२० अन्तर्राष्ट्रिय अर्धशतक माल्दिभ्सविरूद्ध गत वर्ष प्रहार गरेकी थिइन्। उनले माल्दिभ्सविरूद्ध ५९ रन प्रहार गरेकी थिइन्।
पूजाको अर्धशतकमा नेपालले बुधबार नेदरल्यान्ड्सविरूद्ध ४ विकेटको क्षतिमा १४५ रन जोडेको छ।
महिला अन्तर्राष्ट्रिय टी-२० सिरिजअन्तर्गत यसअघिका चार खेलमा पराजित भइसकेको नेपालले बुधबार टस जितेर ब्याटिङ गर्दै १४५ रन जोडेको हो।
पूजा बाहेक नेपालका लागि कप्तान इन्दू बर्माले ३९ रन र रुबिना क्षेत्रीले २० रन बनाए।
नेदरल्यान्ड्सका लागि आइरिस विलिङले दुई विकेट लिइन् भने कारोलिन डे लाङ र हिथर सिगर्सले समान एक–एक विकेट लिए।
सिरिजमा नेपालले यसअघि नेदरल्यान्ड्स र थाइल्यान्ड्सविरूद्धका दुई दुई खेलमा पराजय भोगिसकेको छ।