नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा यू-१९ टोलीकी स्पिनर रचना चौधरीले डेब्यू गरेकी छिन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत मंगलबार थाइल्यान्ड्सविरूद्धको खेलमा रचनाले डेब्यू गरेकी हुन्।
उनी भर्खरै आइसिसी यू-१९ विश्वकप खेलेर फर्किएकी बलर हुन्। उनले विश्वकपमा स्कटल्यान्डविरूद्ध २ र बंगलादेशविरूद्ध १ विकेट लिएकी थिइन्।
उनी घरेलु क्रिकेट गण्डकी प्रदेशबाट खेल्छिन्। मनिषालाई महिला टोलीका प्रशिक्षक मनोज कटुवालले डेब्यू क्याप दिएका थिए।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको थाइल्यान्डविरूद्ध पहिलो तीन ओभरमा ११ रन दिँदा एक विकेट लिन सफल भएकी छिन्।
यससँगै यो सिरिजमा नेपाली राष्ट्रिय टोलीमा चार खेलाडीले डेब्यू गरेका छन्।
यसअघि गत आइतबार रेवती धामीले राष्ट्रिय टोलीमा डेब्यू गरेकी थिइन्। नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलमा पनि नेपालका दुई खेलाडीले डेब्यू गरेका थिए। विकेटकिपर अलिसाकुमारी यादव र मनिषा उपाध्यायले सो खेलमा डेब्यूको अवसर पाएका थिए।