दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै भारत आइसिसी यू-१९ महिला टी-२० विश्वकप विजेता बनेको छ।
आइतबार मलेसियाको क्वालालम्पुरमा भएको उपाधि भिडन्तमा भारतीय महिला टोली बलिङ र ब्याटिङमा दुवैमा हाबी भयो।
टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिका २० ओभरमा ८२ रनमै अलआउट भयो।
,
दक्षिण अफ्रिका लागि माइकी भान वुर्स्टले सबैभन्दा बढी २३ रन जोड्न सकिन्।
बलिङमा भारतकी गोनगडी त्रृसाले ३ विकेट लिइन् भने पारुनिका सिसोधिया, आयुषी शुल्ला र वैष्णभी शर्माले २-२ विकेट लिए।
८३ रनको सामान्य लक्ष्य भारतले ११.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। भारतकी ओपनर कामलिनी ८ रनमा आउट हुँदा गोनगडी त्रृसाले नटआउट ४४ रन र सनिका चाल्केले नआउट २६ रन बनाइन्।
भारतले लगातार दोस्रो संस्करको उपाधि जितेको हो। यसअघि सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले हराएर उपाधि जितेको थियो।