नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीमा रेवती धामीले डेब्यू गरेकी छिन्।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको नेपाल टी-२० महिला अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आइतबार नेदरल्यान्ड्सविरूद्धको खेलमा शीर्ष क्रमकी ब्याटर धामीले डेब्यू गरेकी हुन्।
उनलाई राष्ट्रिय टोलीकी सिनियर खेलाडी सीता रानामगरले डेब्यू क्याप दिइन्। रेवती सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्छिन्।
खेलमा नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। सिरिजमा नेपालले सुरुवाती दुवै खेलमा हार ब्यहोरेको थियो।
पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको नेपाललाई शनिबार थाइल्यान्डले हराएको थियो।
नेदरल्यान्ड्सविरूद्धको पहिलो खेलमा पनि नेपालका दुई खेलाडीले डेब्यू गरेका थिए। विकेटकिपर अलिसाकुमारी यादव र मनिषा उपाध्यायले सो खेलमा डेब्यूको अवसर पाएका थिए।