नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) को नवौं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ ।
चितवन भरतपुर स्थित होटेल असोकामा आज भएको साधारण सभा तथा अधिबेशनले आगामी दुई वर्षका लागि अच्युत पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ।
सर्वसम्मत रुपमा चयन भएको ९ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्ष केदार शर्मा, सचिव मोहन ज्ञवाली ,सहसचिब सागर पि.एस, कोषाध्यक्ष दिनेश नाइसा, कार्यसमिति सदस्यहरुमा तारा प्रसाद पाठक, सचिन ढकाल,अबिन कार्की र सुप्रीया खनाल रहेका छन्।
संस्थालाई थप चलायमान बनाउदै संस्थाका उद्देश्य अनुरुपका गतिविधि संचालनका लागि महत्वपूर्ण नीति तथा कार्यक्रम माथि छलफल गर्दै सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक, आजिवन, जेनेरल तथा असोसिएट सदस्यको सहभागीता रहेको थियो।
अध्यक्ष नारायण पराजुलीले अध्यक्षको प्रतिवेदन तथा कोषाध्यक्ष अच्युत पाण्डेको आर्थिक प्रतिवेदन सभामा पेश भएको थियो।
२०७३ वैशाख २२ गते काठमाडौस्थित जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाजले स्थानियस्तरमा हुने प्रतियोगितामा योगदान,खेलाडीलाई र क्रिकेटसँग जोडिएका ब्यक्तिहरुलाई प्रोत्साहन र सहयोगका साथै क्रिकेट क्षेत्रको विकृती र बिसंगतिविरुद्ध समेत आवाज उठाउँदै आइरहेको छ।