त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ।
शनिबार सिरिजको दोस्रो खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले पराजित भएको हो।
नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले ६ विकेट गुमाएर १९ ओभरमा पूरा गरेको हो।
थाइल्याण्डको जितमा नन्नापात कोन्चरोएन्काइले ६० रन बनाइन्। उनले ५८ बलमा ६ चौका हान्दै नट आउट रहिन्। कप्तान नारेउमल चाइवाइले १३ र सुवानन खियाओटोले १४ रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा नेपालकी मनिषा उपाध्यायले तथा कविता कुँवर, रूविना क्षेत्री र कविता जोशीले एक/एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १०१ रन बनाएको थियो।
नेपालका लागि कविता कुँवर र बिन्दु रावलले २५/२५ रन बनाए। कप्तान इन्दु बर्माले १५ रन बनाउँदा अरू ब्याटर टिक्न सकेनन्। ओपनर सम्झना खड्का शून्यमै आउट भएकी थिइन्।
बलिङतर्फ थाइल्याण्डकी थिप्ताचा पुथाओङले तीन विकेट, फनिता माया र नट्टाया बुचथमले २/२ र चनिदा सुत्थिरूवाङले एक विकेट लिइन्।
जितसँगै थाइल्याण्ड जारी सिजनमा दुवै खेल जितेर बलियो अवस्थामा छ। यसअघि उसले पहिलो खेल नेदरल्याण्ड्सलाई हराएको थियो।
नेपाल दुवै खेलमा पराजित भएको।
अब तीनै टिमले एक/एक खेल खेल्नेछन्।