प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिताको दोस्रो दिन बिहीबार ग्रेट हिमालयन क्रिकेट क्लब र महावीर क्लब विजयी भएका छन्।
मुलपानीमा भएको दिनको पहिलो खेलमा ग्रेट हिमालयनले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई ७७ रनले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको ग्रेट हिमालयनले इशान पाण्डेको ७१ रनको मद्दतमा १६० रन जोड्यो। बलिङमा हिमालयन एकेडेमीका प्रमिश पोखरेलले ३ विकेट लिए।
१६१ रनको लक्ष्य पछ्याएको हिमालयन एकेडेमी १९ ओभरमा ८३ रनमा अलआउट भयो। उसका लागि दीपक बोहराले ४९ रन जोड्दा बलिङमा ग्रेट हिमालयनका दर्शिल विष्ट र प्रकाश विष्टले २-२ विकेट लिए।
अर्को खेलमा महावीरले ओएसिस क्रिकेट एकेडेमीलाई सय रनले हरायो।
पहिले ब्याटिङ गरेको महावरीले सोनु देवकटोको ७९ रन र रवीन जोशीको ७२ रनको मद्दतमा २०७ रन जोड्यो।
२०८ रनको लक्ष्य पछ्याएको ओएसिसले ६ विकेटको क्षतिमा १०७ रन मात्र जोड्न सक्यो। उसका लागि सुवोध ढुंगानाले नटआउट ६२ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा महावीरका सोनु देवकोटाले २ विकेट लिए।
प्रतियोगितामा शुक्रबार सिइसी र हिमालयन क्रिकेट एकेडेमी ‘बी’ बीच पहिलो खेल तथा न्यु भिजन र नेक्सास क्रिकेट एकेडेमीबीच दोस्रो खेल हुनेछन्।