युवा विकेटकिपर ब्याटर अलिसाकुमारी यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेकी छिन्।
भर्खरै आइसिसी यू-१९ महिला विश्वकप खेलेर फर्किएकी अलिसाले बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा डेब्यू गरेकी हुन्।
उनलाई राष्ट्रिय टोलीकी कप्तान इन्दू बर्माले डेब्यू क्याप दिएकी थिइन्।
१८ वर्षीय अलिसा घरेलु क्रिकेट मधेश प्रदेशबाट खेल्ने गर्छिन्।
उनले यू-१९ विश्वकप खेल्नुअघि यू-१९ एसिया कप र यू-१९ विश्वकप छनोट खेलेकी थिइन्।
बाराकी अलिसाले आफ्नो डेब्यू खेलमा नै नेदरल्यान्ड्सविरूद्ध विकेटकिपिङ गरेकी छिन्।
त्रिवि मैदानमा सुरू भएको महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।