प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट प्रतियोगितामा बालुवाटार क्रिकेट क्लब र थर्ड आई युथ क्लबले विजयी सुरुवात गरेका छन्।
मुलपानीमा बुधबारदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा बालुवाटारले एन्जल स्पोर्ट्स एकेडेमीलाई ६ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको एन्जलले ८ विकेटको क्षतिमा ९३ रन जोडे। उसका लागि उपेन्द्र खत्रीले ३३ रन बनाउँदा बलिङमा बालुवाटारका धिरज देउवाले ३ विकेट लिए।
९४ रनको लक्ष्य बालुवाटारले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरे। ४१ रन जोडेका बालुवाटारका प्रसिद्ध जैसी खेलको प्लेयर अफ दि म्याच भए।
दोस्रो खेलमा थर्ड आईले पुष्पलाल स्पोर्ट्स क्लबलाई २४ रनले पराजित गर्यो। पहिले ब्याटिङ गरेको थर्ड आईले ६ विकेटको क्षतिमा ११६ रन जोड्यो।
थर्ड आइका लागि समाज पौडेलले ४१ रन बनाए। पुष्पलालका ओमप्रकास डाँगीले ३ विकेट लिए।
११७ रनको लक्ष्य पछ्याएको पुष्पलाल ९२ रन मात्र जोड्न सक्यो। उसका लागि दिपक भण्डारीले सर्वाधिक २४ रन बनाउँदा बलिङमा थर्ड आईका गणेश विष्टले ३ विकेट लिए।