इंग्ल्यान्डविरूद्धको पाँच खेलको टी-२० सिरिजको तेस्रो खेलमा भारत पराजित भएको छ।
यसअघिका दुई खेल जितेको भारतलाई इंग्ल्यान्डले तेस्रो खेलमा २६ रनले हरायो। जससँगै भारतको अग्रता २-१ मा रह्यो।
राजकोटमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले बेन डकेटको ५१ रन र लियाम लिभिङस्टोनको ४३ रनको मद्दतमा १७१ रन जोड्यो।
भारतका लागि बरुण चक्रवर्तीले ५ विकेट लिए। १७२ रन पछ्याएको भारतले ९ विकेटको क्षतिमा १४५ रन मात्र जोड्यो।
उसका लागि हार्दिक पाण्ड्याले सर्वाधिक ४० रन जोडे।
बलिङमा इंग्ल्यान्डका जिमी ओभरटनले ३ विकेट लिए भने जोफ्रा आर्चरब ब्रेडन कर्सीले २-२ विकेट हात पारे।
अब चौथो खेल शुक्रबार पुनेमा र अन्तिम तथा पाँचौं खेल आइतबार मुम्बईमा हुनेछन्।