प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं जिल्ला छनोटमा १४ टोली भिड्ने भएका छन्।
प्रतियोगिता माघ १६ देखि माघ २७ सम्म काठमाडौंको मुलपानीस्थित माथिल्लो क्रिकेट खेल मैदानमा सञ्चालन हुने काठमाडौं जिल्लाका अध्यक्ष दिवाकार घलेले जनकारी दिए।
सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ। दुई समूहमा चार चार टोली र बाँकी दुई समूहमा तीन तीन टोली रहेका छन्।
समूह ‘ए’: महाबीर स्टडीज एण्ड एथ्लेटिक्स सेन्टर, ओएसिस क्रिकेट एकेडेमी, थर्ड आई युथ क्लब, पुष्पलाल स्पोर्ट्स क्लब।
समूह ‘बी’: ग्रेट हिमालय क्रिकेट एकेडेमी, हिमालयन क्रिकेट एकेडेमी (ए), एन्जल्स स्पोर्ट्स एकेडेमी, बालुवाटार क्रिकेट क्लब।
समूह ‘सी’: क्रिकेट एक्सीलेन्स सेन्टर, हिमालयन क्रिकेट एकेडेमी (बी), वान डे क्रिकेट एकेडेमी।
समूह ‘डी’: न्यु भिजन क्लब, नेक्सेस क्रिकेट एकेडेमी, फरएभर क्रिकेट ब्वाइज क्लब।
प्रतियोगिताको प्लेयर अफ दि म्याचलाई एक हजार, उत्कृष्ट बलर र ब्याटरलाई ५-५ हजार, उत्कृष्ट खेलाडीलाई १० हजार र उदयीमान खेलाडीलाई ५ हजार पुरस्कार प्रदान गरिनेछ।
प्रतियोगिताका मुख्य प्रायोजक कृषि विकास बैंक रहेको छ। अन्य प्रायोजकहरूमा कागेश्वरी मनोहरा नगरपालिका, सक्कल एग्रो फर्म, फ्रान्कलिन एजुकेशन कन्सल्टेन्सी, गोकर्णेश्वर नगरपालिका, नेवा बेभरेज प्रा.लि., एभरेस्ट बैंक लि., आविष्कार ज्वेलर्स, शुशील कोइराला फाउन्डेसन, नेप्लाई, नेक्सस एजुकेशन कन्सल्टेन्सी, श्रेष्ठ टेलरिङ, इको प्यानल र आइसीएफसी फाइनान्स छन्।