नेपाल क्रिकेट संघ (क्यान) ले नेदरल्यान्ड्स र थाइल्यान्डविरूद्धको त्रिकोणात्मक टी-२० सिरिज खेल्ने नेपालको महिला राष्ट्रिय टोली घोषणा गरेको छ।
माघ १७ देखि २५ गतेसम्म हुने सिरिज कीर्तिपुरस्थित त्रिवि मैदानमा हुँदैछ।
टोलीमा हालै आइसिसी यू-१९ महिला विश्वकप खेलेर फर्किएकी अलिसाकुमारी यादव पनि समेटिएकी छन्। यस्तै प्रधानमन्त्री कप खेलेका सुदूरपश्चिमका रेवती धामी, इश्वरी विष्ट र मनिषा उपाध्याय पनि टोलीमा छन्।
नेपालले पहिलो खेल माघ १७ मा नेदरल्यान्ड्ससँग खेल्नेछ। दोस्रो खेल माघ १९ मा थाइल्यान्डविरूद्ध हुनेछ।
तीनै टोलीले दुई दुई पटक एक अर्काविरूद्ध खेल्नेछन्।
नेपाली टोली
इन्दू बर्मा (कप्तान), कविता कुँवर, राजमती ऐरी, अलिसाकुमारी यादव, सीता राना मगर, विन्दू रावल, ममताकुमारी चौधरी, कविता जोशी, रोमा थापा, इश्वरी विष्ट, सम्झनाकुमारी खड्का, पूजा महतो, रुविना क्षेत्री बेल्वासे, मनिषा उपाध्याय, रेवती धामी।