प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि घरेलु टोली सुदूरपश्चिम प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार कैलालीको धनगढीस्थित फाप्ला मैदानमा सुपर-४ को अन्तिम खेलमा बागमती प्रदेशलाई सुदूरपश्चिमले ३० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो।
त्यसअघि दिनको पहिलो खेलमा त्रिभुवन आर्मीमाथि ६९ रनको जित निकालेर एपिएफ फाइनलमा पुगेको थियो।
सुपर-४ मा एपिएफको तीन जित हुँदा सुदूरपश्चिम, आर्मी र बागमतीले एक एक खेलमा विजयी भए। सुपर-४ मा एपिएफले दुई जित निकाल्दा सुदूरपश्चिम र आर्मी एक खेलमा विजयी भए। तर बागमती दुवै खेलमा पराजित भयो।
बामगतीले समूह चरणमा सुपर-४ मा पुगेको टोलीलाई पराजित गरेको आधारमा एक जित हासिल गरेको थियो।
शीर्ष स्थानको एपिएफको ६ अंक हुँदा बाँकी तीनै टोलीको सामान २-२ अंक भयो। जसमा सुदूरपश्चिम रनरेटमा अघि रहेर फाइनलमा पुग्न सफल भयो।