प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको सुपर-४ का खेल सुरू भएका छन्।
बिहीबार धनगढीको फाप्ला मैदानमा भएको पहिलो खेलमा सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले बागमती प्रदेशलाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्यो।
टस जितेको एपिएफले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले १८ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा ४२ रन मात्र जोड्न सक्यो।
बागमतीका लागि कोही पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। बलिङमा एपिएफकी सुमन विष्टले ३ विकेट लिइन् भने रेखा रावल र बिनु बुढाले २-२ विकेट लिए।
४३ रनको लक्ष्य एपिएफले ६.५ ओभरमा पूरा गर्यो। उसका लागि राजमती ऐरीले नटआउट १४ रन र ममता चौधरीले नटआउट २३ रन बनाए।