आइसिसी यू-१९ महिला विश्वकप २०२५ अन्तर्गत समूहको अन्तिम खेलमा अस्ट्रेलियाले नेपाललाई १४० रनको लक्ष्य दिएको छ।
मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३९ रन बनायो।
अस्ट्रेलियाका लागि काओम्ही ब्रेले ४५ रन बनाइन भने लारोसाले ३१ रन र हर्सत गिलले २१ बलमा नटआउट ३० रन बनाइन्। यस्तै इन्सवर्थले ९ बलमा १६ रन बनाइन्।
बलिङमा नेपालकी कप्तान पूजा महतोले ४ ओभरमा ३ विकेट लिइन्। उनले ३ ओभरभित्र ३ विकेट लिए पनि त्यसपछि अस्ट्रेलियाका ब्याटर चले। यस्तै सीमाना केसीले २ विकेट लिँदा रिया शर्माले १ विकेट हात पारिन्।
सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ।
किनभने यसअघि समूहका दुई खेलमा नेपाल पराजित भएको थियो।
पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले सोमबार स्कटल्यान्डसँग एक विकेटको स्तब्धपूर्ण नजिता ब्यहोरेको थियो।