आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत आज नेपालले आफ्नो समूहको अन्तिम खेल खेल्दैछ।
समूह ‘डी’ मा नेपालले आज अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्न लगेको हो।
मलेसियाको क्वालालम्पुरमा हुने खेलमा अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्दैछ।
सुपर-६ को पुग्ने समिकरणमा रहन नेपालले आज अस्ट्रेलियालाई पराजित गर्नु पर्ने दबाब छ।
किनभने यसअघि समूहका दुई खेलमा नेपाल पराजित भएको थियो।
पहिलो खेलमा बंगलादेशसँग हारेको नेपालले सोमबार स्कटल्यान्डसँग एक विकेटको स्तब्धपूर्ण नजिता ब्यहोरेको थियो।