आइसिसी यू-१९ महिला विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ७४ रनको लक्ष्य दिएको छ।
मलेसियाको क्वालालम्पुरमा सोमबार समूह ‘डी’ को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १८.५ ओभरमा ७३ रनमा अलआउट भयो।
नेपालका लागि कप्तान पूजा महतोले २७ रन जोडिन्। उनले ४३ बलमा ३ चौका प्रहार गरिन्। सावित्री धामीले १० रन बनाइन्।
नेपालका अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङमा स्कटल्यान्डकी मोइसी म्याकेइराले ५ विकेट लिइन्। उनले ३.५ ओभरमा १५ रन खर्चिइन्।
यसअघि पहिलो खेलमा नेपालले बंगलादेशसँग हार ब्यहोरेको थियो। अब नेपालले समूहको अन्तिम खेलमा पर्सी बुधबार अस्ट्रेलियासँग खेल्नेछ।