प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपिएफ क्लब समूह विजेता बनेको छ।
शनिबार घरेलु टोली सुदूरपश्चिमलाई ५९ रनले पराजित गर्दै एपिएफ विजेता बनेर सुपर-४ मा पुग्यो।
एपिएफले ४ खेलबाट ७ अंक जोड्यो। उसले तीन जित निकाल्दा एक खेल वर्षाले रद्द भएको थियो।
यता ६ अंकसहित सुदूरपश्चिम उपविजेता बनेर सुपर-४ मा पुग्यो। समूहमा समूहमा ५ अंक जोडेको लुम्बिनी तेस्रो भयो भने १-१ अंक जोडेका गण्डकी र कर्णाली चौथो र पाँचौं भए।