नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका युवा ब्याटरका लागि ब्याटिङ क्याम्प सञ्चालन गर्ने भएको छ।
विभिन्न प्रदेश र विभागका २० जना युवा खेलाडीका लागि ९ दिन क्याम्प सञ्चालन गर्न लागिएको हो। क्याम्प माघ ४ देखि १२ गतेसम्म हुनेछ।
जसको प्रत्यक्ष निगरानी राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले गर्नेछन्।
क्यानले त्रिवि मैदान कीर्तिपुर र माथिल्लो मुलपानी मैदानमा प्रशिक्षण गराउनेछ। क्यानले खेलाडीको क्षमता अभिबृद्धि गर्न क्याम्प सञ्चालन गर्न लागेको बताएको छ।
क्यानले जय ट्रफीमा उत्कृष्ट ब्याटिङ गरेका मधेशका ब्याटर मयन यादव चोटका कारण उपलब्ध नभएको बताएको छ।
खेलाडीको नामावली
१. लोकेश बम- नेपाल एपिएफ क्लब
२. त्रितराज दास- त्रिभुवन आर्मी क्लब
३. किरन ठगुन्ना- सुदुरपश्चिम प्रदेश
४. रित गौतम- बागमती प्रदेश
५. सोनु अन्सारी- कोशी प्रदेश
६. सोहेल कुमार- गण्डकी प्रदेश
७. अभिषेक तिवारी - मधेश प्रदेश
८. विपिन रावल- कर्णाली प्रदेश
९. सन्तोष यादव- लुम्बिनी प्रदेश
१०. नरेन भट्ट- सुदुरपश्चिम प्रदेश
११. उत्तम रंगु थापा मगर- बागमती प्रदेश
१२. आकाश त्रिपाठी- लुम्विनी प्रदेश
१३. शुभ कंशाकार- बागमती प्रदेश
१४. इमरान शेख- त्रिभुवन आर्मी क्लब
१५. सन्तोष कार्की - त्रिभुवन आर्मी क्लब
१६. अर्जुन कुमाल - गण्डकी प्रदेश
१७. अंकित सुवेदी- कोशी प्रदेश
१८. आशुतोष घिरैहिया- बागमती प्रदेश
१९. सुजन थपलिया - कोशी प्रदेश
२०. अर्जुन घर्ती मगर - कर्णाली प्रदेश