प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ।
बुधबार कैलालीको धनगढीस्थित फाप्ला मैदानमा भएको समूह ‘ए’ को खेलमा उसले लुम्बिनी प्रदेशलाई ७५ रनले हरायो।
पहिले ब्याटिङ गरेको सुदुरले ६ विकेटको क्षतिमा १२७ रन जोड्यो।
उसका लागि कविता कुँवरले ५५ रन बनाइन्। बलिङमा लुम्बिनीकी सरस्वती पुनले ३ विकेट लिइन्।
१२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी पाँच बल खेल्न बाँकी छदा ५२ रनमै अलआउट भयो।
लुम्बिनीका लागि सरस्वती पुनले सबैभन्दा बढी १४ रन जोडिन्। बलिङमा सुदुरकी रेवती धामीले ३ विकेट लिइन् भने आसिका महराले २ विकेट हात पारिन्।