जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबविरूद्धको उपाधि भिडन्तमा त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब अलामले उत्कृष्ट बलिङ गरेका छन्।
वीरगञ्जमा मंगलबार खेलको पहिलो दिन ८२-२ को स्थितिमा रहेको पुलिसविरूद्ध शाहबले बुधबार दोस्रो दिनको पहिलो सत्रमा सात विकेट पूरा हुन्।
शााहबले सात विकेट लिएसँगै पुलिसले पहिलो इनिङग्समा ९ विकेटको क्षतिमा १३३ रन बनाएर इनिङग्स समाप्तीको घोषणा गरेको छ।
पुलिसका लागि कुशल भुर्तेलले ५१ रन र अर्जुन साउदले २८ रन जोडे भने अमृत श्रेष्ठले २० रन बनाए। अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा शाहबले सात विकेट लिने क्रममा १२.४ ओभर बलिङ गर्दा ३ मेडन फ्याँके भने ३७ रन दिए।
शाहबले जारी प्रतियोगितामा २८ विकेट लिइसकेका छन्। उनले पुलिसविरूद्धकै लिग चरणको खेलमा एकै इनिङग्समा ८ विकेट लिएका थिए। उनी जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा छन्।