आइसिसी यू-१९ महिला विश्वकपअघिको अभ्यास खेलमा नेपाली यू-१९ टोलीले अमेरिकालाई ५९ रनको लक्ष्य दिएको छ।
बुधबारबार मलेसियामा भएको खेलमा टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा ५८ रन मात्र जोड्न सक्यो।
नेपालका लागि सना प्रवीनले १२ रन र कप्तान पूजा महतोले १० रन जोड्दा अरु ब्याटरले दोहोरो अंक रन बनाउन सकेनन्।
बलिङमा अमेरिकाका ६ ब्याटरले एक एक विकेट लिएका थिए। अमेरिकाले नेपालविरूद्ध नौ बलरलाई बलिङ गरायो।
यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा नेपाललाई वेस्ट इन्डिजले ९ रनले पराजित गरेको थियो।
विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन्। यो समूहबाट नेपालले कम्तिमा पनि सुपर-६ मा पुग्ने लक्ष्य बनाएको छ।
दोस्रो संस्करणको यो विश्वकपमा १६ टोलीले भाग लिँदैछन्। १६ टोलीलाई चार चार टोली सम्मिलिन चार समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट समान तीन-तीन टोली सुपर-६ मा पुग्नेछन्।
सुपर-६ मा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन्।
नेपालका खेल
अभ्यास खेल
नेपाल भर्सेस वेस्ट इन्डिज – पुस २९
नेपाल भर्सेस अमेरिका – माघ २
समूहका खेल
नेपाल भर्सेस बंगलादेश – माघ ५
नेपाल भर्सेस स्कटल्यान्ड – माघ ७
नेपाल भर्सेस अस्ट्रेलिया- माघ ९
नेपाली टोली
पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ।