जय ट्रफी एलिट कप बहुदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुरमा भएको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ। दुवै टोली लगातार दोस्रो खेलमा बराबरीमा रोकिएका हुन्। अघिल्लो खेलमा आर्मीले पुलिससँग र बागमतीले मधेश प्रदेशसँग बराबरी खेलेका थिए।
दुईदिवसीय खेलअन्तर्गत बिहीबार दोस्रो दिन आर्मीले दिएको २०४ रनको लक्ष्य पछ्याएको बागमती दिनको खेल सकिदा ८०-५ अवस्थामा रहदा खेल बराबरीमा टुंगियो।
बागमतीका शुभ कंसाकार ३३ रनमा आउट भएसँगै दिनको खेल सकियो। त्यसअघि बागमतीका रित गौतमले १६ रन र नन्दन यादवले १६ रन बनाए। बलिङमा आर्मीका आकाश भन्द र पवन कार्कीले २-२ विकेट लिए।
त्यसअघि दोस्रो इनिङग्समा आर्मीले १२७-८ को अवस्थामा इनिङग्स समाप्तीको घोषणा गरेपछि बागमतीले २०४ रनको लक्ष्य पाएको थियो। दोस्रो इनिङग्समा आर्मीका त्रृतराज दासले सर्वाधिक २८ रन जोडे। बलिङमा बागमतीका नन्दन यादवले ४ विकेट लिए भने प्रतिश जिसीले ३ विकेट हात पारे।
पहिलो इनिङग्समा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५ विकेटको क्षतिमा २७६ रन जोडेर इनिङग्स समाप्तीको घोषणा गर्दा बागमतीले ९ विकेटको क्षतिमा २०० रन बनाएपछि इनिङग्स सकेको जानकारी दियो।
पहिलो इनिङग्समा आर्मीका लागि ओपनर इमरान शेखले ७२ रन र बसिर अहमदले नटआउट ५३ रन जोडेका थिए। बलिङमा बागमतीका विपिन आर्चायले ३ विकेट र सन्दीप लामिछानेले २ विकेट लिए। यता बागमतीका लागि ब्याटिङमा नन्दन यादवले ५१ रन बनाउँदा बलिङमा आर्मीका आकाश चन्दले ३ विकेट लिए भने सोमपाल कामी, शाहब अलाम र पवन कार्कीले २-२ विकेट लिन सफल भए।