जय ट्रफ एलिट कप बहुदिवसीय प्रतियोगिताअन्तर्गत बागमती प्रदेशविरूद्ध त्रिभुवन आर्मी क्लबले पहिलो दिनको खेल सकिदा अग्रता लिएको छ।
जनकपुरमा टस जितेको बागमतीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीले पहिलो इनिङग्समा ५ विकेटको क्षतिमा २७६ रन जोडेर इनिङग्स समाप्तीको घोषणा गर्यो।
आर्मीका लागि ओपनर इमरान शेखले ७२ रन जोडे। अर्का ओपनर त्रृतराज दासले ४४ रन बनाउँदा भीम सार्की ३२ रनमा आउट भए।
कप्तान विनोद भण्डारी शून्यमा आउट भए भने बसिर अहमदले नटआउट ५३ रन बनाए। कुशल मल्ल पनि ३५ रनमा नटआउट रहेका थिए।
बलिङमा बागमतीका विपिन आचार्यले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट हात पारे।
बुधबार नै पहिलो इनिङग्स ब्याटिङ सुरू गरेको बागमती पहिलो दिनको खेल सकिदा १२४-५ को स्थितिमा छ। यससँगै पहिलो दिन बागमती १५२ रनले पछि पारेको छ।
बागतमीका लागि शुभ कंसाकारले ३४ रन जोड्दा उत्तर मगरले २८ रन बनाए।
बलिङमा आर्मीका सोमपाल कामीले ३ विकेट र आकाश चन्दले ३ विकेट लिए।