संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणका लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ।
बुधबार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरू मूलपानी क्रिकेट ग्राउण्ड, गिरिजाप्रसाद क्रिकेट ग्राउण्ड निर्माणको लागि स्रोत सुनिश्चितता गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठकमा समिति सभापति सोनाम गेल्जेन शेर्पाले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) गर्ने काम छिटो टुंग्याउन वन तथा वातावरण मन्त्रालयललाई निर्देशन दिए।
समितिले राष्ट्रिय गौरवका आयोजनाको लागि जनशक्ति व्यवस्थापन लगायत आवश्यक पूर्वतयारीका कार्यहरू समयमै सम्पन्न गरी आयोजना कार्यान्वयन गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन समेत दिएको छ। - न्युज एजेन्सी नेपाल