भारतविरूद्ध सिड्नी भएको अन्तिम टेस्ट ६ विकेटले जितेसँगै अस्ट्रेलियाले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा स्थान पक्का गरेको छ।
डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले अब ११ देखि १५ जुनसम्म लर्ड्समा हुने उपाधि भि८न्तमा दक्षिण अफ्रिकासँग भिड्नेछ।
अस्ट्रेलिया आइतबार सिड्नीमा भएको पाँचौं टेस्टमा भारतलाई हराएपछि ३-१ ले बोर्डर-गावस्कर सिरिजन सफल भएको हो।
यो जितले अस्ट्रेलियाले ६३.७३ प्रतिशत अंकका साथ विश्व टेस्ट च्याम्पिनसिपको दोस्रो स्थान पक्का गरेको छ। भारत (५०.००) र श्रीलंका (४५.४५) को बाहिरिएका छन्।
अब टेस्ट च्याम्पियनसिपमा अस्ट्रेलिया उपाधि रक्षा गर्ने लक्ष्यमा हुँदा दक्षिण अफ्रिका आइसिसीको पहिलो मुख्य उपाधि जित्ने अभियानमा हुनेछ।
अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुगेपछि भने ‘(बोर्डर-गावस्कर) ट्रफी जित्नु उत्कृष्ट अनुभूति हो, अब हामीले विश्व टेस्ट च्याम्पियनसिपमा स्थान सुरक्षित गरेका छौं। हाम्रो लक्ष्य नै फाइनल खेल्नु थियो।’
अब विश्व टेस्ट च्याम्पियनसिपका बाँकी दुई सिरिज छन्। जसमा पाकिस्तान र वेस्ट इन्डिज तथा श्रीलंका र अस्ट्रेलियाले समान दुई दुई खेलको सिरिज खेल्नेछन्।