नेपाल प्रिमियर लिग (एनपिएल) काे सबैभन्दा महँगाे टिम पाेखरा एभेन्जर्सकाे जर्सी सार्वजनिक गरिएकाे छ। 
टिमका प्रमुख सल्लाहकार ततम मेन्टर जाेन्टी राेड्सले जर्सी सार्वजनिक गरेका हुन्। 
जाेन्टी जर्सी सार्वजनिक गर्न मुस्ताङकाे लाेमान्थाङ पुगेका थिए।
पाेखरा एभेन्जर्सले क्रिकेटसँगै जलवायु परिवर्तन र दिगाे पर्यटनलाई केन्द्रित गरि लाेमान्थाङबाट जर्सी सार्वजनिक गरेकाे अध्यक्ष सुबाेध त्रिपाठीले बताए। 
'जलवायु परिवर्तन, हिमालय पग्लिने कुरालाई क्रिकेटका माध्यमबाट उजागर गर्न खाेजेका छौं,' उनले भने,'गण्डकीमा हिमालय पर्वत श्रृङ्खलाकाे पर्यटन प्रवर्द्धन गर्न र नियमित पग्लिरहेकाे हिउँकाे कुरा विश्वमै ल्याउन लागिरहेका छौं। यसमा हामी गम्भीर हुनुपर्ने छ। यसमा एउटा सन्देश दिनकाे लागि पनि हामी आएका छौं´ उनले भने,'बिहीबार गण्डकीमा र्याली निकालेकाे थियौं, पाहुनाकाे स्वागतमा।'
त्यहाँकाे स्वतस्फूर्त सहभागिताले क्रिकेटप्रतिकाे क्रेज देखाएकाे त्रिपाठीले बताए। 
जाेन्टी राेड्सले पाेखरा एभेनजर्सकाे जर्सी सार्वजनिक गरेका थिए। 'पाेखरामा आबद्व हुँदा उत्साहित छु। मेराे अनुभव र ज्ञानले पाेखरामात्र हाेइन नेपालकाे क्रिकेटकाे उदयका लागि याेगदान हुनेछ,' उनले भने, `क्रिकेटमा धेरै अवसर छ । नेपालकाे भविष्य उज्जवल छ।´ 
कार्यक्रममा पाेखरा गीत प्रस्तुत गरिएकाे थियाे। पाेखराका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले भने, 'पाेखरासँग मित्रवत् एसाेसिएसन हाे। पाेखराले कुनै कुरामा कञ्जुसाई गरेकाे छैन । लाेमान्थाङमै जर्सी अनावरण गर्नु पर्यटनका लागि राम्रो हाे।'
कार्यक्रममा पाेखरा एभेन्जर्सकाे अफिसियल गीत बजाइएकाे थियाे। 
कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटकाे विकासमा माेन्टीले आगमनले सघाउने बताए। 
'प्रतियोगितामा टफ्री एउटाले जित्नेछ। तर नेपाली क्रिकेटकाे सहभागिताले राष्ट्रकाे क्षमता अभिवृद्धि गर्नेछ। नेपाली क्रिकेटकाे लागि सुखद हुनेछ,' उनले भने । 
पाेखरा एभेन्जरेसले क्लाइमेट चेञ्जकाे म्यासेज अगाडि बढाउन खाेजेकाेमा खड्काले धन्यवाद दिए। 
१४ वटा हिमाल आराेहण गरेका निमा तेन्जिङ शेर्पाले पर्यटन र क्रिकेट एकअर्काकाे परिपुरक भएकाे बताउँदै सबैले पाेखरालाई सहयाेग गर्न अनुरोध गरे।