हङकङ सिक्सेसमा भारत युएईसँग पराजित भएको छ।
हङकङको मङकुकस्थित मिसन रोड ग्राउन्डमा शनिबार बिहान भारत युएईसँग १ रनले पराजित भएको हो।
१३१ रनको लक्ष्य पछ्याएको भारतले ६ ओभरमा ४ विकेट गुमाएर १२९ रन बनायो।
अन्तिम ओभरको पाँचौं बलसम्म २९ रन जोडेपछि स्टुवार्ट बिनी रन आउट हुन पुगे। भारतलाई जितका लागि अन्तिम बलमा ३ रन आवश्यक थियो।
बिनीले ११ बलमा ३ चौका र ५ छक्का हानेर ४४ रन बनाए।
त्यसअघि कप्तान रबिन उथप्पाले १० बलमा ३ चौका र ५ छक्का हानेर ४३ रन बनाएका थिए। भरत चिप्लीले २० रन, मनोज तिवारीले १० रन बनाउँदा ९ रन बनाएर केदार जादव नट आउट रहे।
बलिङतर्फ युएईका अकिफ राजा, सन्चित शर्मा र मुहम्मद जुहैदले एक/एक विकेट लिए।
पहिले ब्याटिङ गरेको युएईले ६ ओभरमा १३० रनको योगफल तयार पारेको थियो।
त्यस क्रममा खालिद साहले सर्वाधिक ४२ रन बनाएका थिए। जहूर खान ३७ रन बनाएर नट आउट रहँदा कप्तान आशिफ खान पहिलो बलमै आउट भएका थिए।
बलिङतर्फ भारतका स्टुआर्ट बिनीले ३ विकेट लिँदा भरत चिप्ली र शहबाज नदीमले एक/एक विकेट लिए।
समूह ‘सी’मा रहेको भारत पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।