नेपाल क्रिकेट संघ (क्यान) को अधिवेशन अन्तर्गत मतगणना सुरू भएको छ।
दिउँसो २ बजेदेखि सुरू भएको मतदान ३ बजे सक्किएपछि सामान्य छलफल पछि केहीबेर अघि मतगणना सुरू भएको हो।
क्यानको १७ सदस्यीय समितिमध्ये ६ पदमा निर्विरोध चयन भएको थियो। सचिवसहित कुल ११ पदका लागि मतदान भएको थियो।
चतुरबहादुर चन्द क्यानको अध्यक्षमा दोहोरिएका छन् भने उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम बहादुर खड्का निर्विरोध चयन भएका छन्।
महिला सदस्य जयन्ती भट्ट र अन्य सदस्यहरूमा श्रीधर केसी, प्रदीप मतगैया पनि निर्विरोध निर्वाचित भएका छन्।
सचिव पदका लागि नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र क्यानकै पूर्वसचिव प्रशान्तविक्रम मल्लले उम्मेदवारी दिएका छन्।
पारस चतुरबहादुर चन्द प्यानलका उम्मेदवार हुन्। क्यानको कार्यवाहक सचिव रहँदा विवाद उत्पन्न भएपछि प्रशान्तविक्रम मल्लले राजीनामा दिएका थिए।
निर्वाचनमा ८४ मत खसेको उनले जानकारी दिए।