क्रिकेट विश्वकप अगाडी घाइते खेलाडीबाट चिन्तामा रहेको दक्षिण अफ्रिकालाई फेरि अर्को झट्का लागेको छ। चोटका कारण फास्ट बलर एनरिक नोर्तेजे विश्वकपबाट बाहिर हुने भएपछि उसलाई झट्का लागेको हो।
उनी पछिल्ला ३ महिनामा दोश्रो पटक घाइते बनेका हुन्। यसअघि उनी श्रीलंकाविरूद्धको सिरिजमा घाइते भएका थिए। त्यतिबेला उनको काँधमा चोट लागेको थियो।यसै चोटका कारण उनले आईपिएलमा कोलकाता नाइट राइडर्सका लागि खेल्न सकेनन।
त्यसपछि चोटमुक्त भएका उनलाई विश्वकप खेल्ने अन्तिम १५ खेलाडीको सूचिमा राखिएको थियो तर फेरि उनको हातमा चोट लागेको छ। य
दक्षिण अफ्रिका क्रिकेट बोर्डले चोटको पुष्टि गरेको छ। अफ्रिकी टिमका म्यानेजरका अनुसार उनको औलामा चोट लागेको छ।
‘उनलाई चोट लागेपछि अस्पताल लगेर सर्जरी गरिएको छ। उनलाई फिट हुन कम्तीमा २ महिनाको समय लाग्नेछ। यसै कारण उनी दक्षिण अफ्रिकाको टोलीबाट बाहिर भएका छन्’, डा. मोहम्मद मूसाजीले भने।
२५ वर्षिय एनरिकको अन्तराष्ट्रिय करियर यसै वर्षको मार्चबाट सूर भएको थियो। उनले हालसम्म मात्र ४ वान डे खेलेका छन्। टोलीमा उनको सट्टा क्रिस मोरिसले स्थान पाउने अनुमान गरिएको छ।
उनीसँगै के डेल स्टेन , कैगिसो रबाडा तथा जेपी डुमिनी पनि हाल घाइते रहेका छन्।