बेंगलुरूको एम चिन्नास्वामी रंगशालामा सेतो पहिरिनमा उपस्थित अनुष्का शर्मा हुटिङ गरिरहेकी थिइन्। तालि बजाउन लागिन्, मैदानमा रहेका उनका पति विराट कोहलीले आफ्नो हातबाट फोन गर्न इशारा दिए।
यो दृश्य हो मंगलबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर बैंगलोर (आरसीबी) र मुम्बई इन्डियन्सबीच जारी खेलको। दुबै टिमले जारी संस्करणमा क्षमता अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्।
ठूला ठूला र महङ्गा खेलाडीले भरिएको भारतीय कप्तान विराटको टिम आरसीबी लगातार हारको सामना गरिरहेको छ। कप्तान विराटको टोलीले गरेको खराब प्रदर्शनबाट उनका समर्थकले कयौ पटक नाराबाजीसमेत गरिसकेका छन्।
तर, मंगलबार विराटकी ‘लेडी लक’ उनकै साथ थिइन्। मौका थियो अनुष्का शर्माको जन्मदिन। आज कुनै पनि हालतमा विराट खेल जितेर आफ्नी पत्नीलाई जन्मदिनको विशेष उपहार दिन चाहन्थे।
विराट यस्ता हर्कत गर्न सिपालु छन्। बलरहरूको उत्कृष्ट प्रदर्शनले मंगलबार मुम्बई इन्डियन्सलाई उनको टिमले १४ रनले हरायो। खेल जित्नासाथ विराटले अनुष्कालाई वर्थ डे गिफ्टका रूपमा जितको हकदार बनाए।
‘मेरी पत्नी यही छिन्। आज उनका जन्मदिन हो। मलाई एकदमै खुसी लागेको छ, किनकि आजको खास दिनमा उनले मलाई जितेको हेर्न पाइन,’ विराटले भने,‘म पनि खुसी छु किनकि म उनको सामू आफ्नो टिमका लागि महत्वपूर्ण दुई अंक जोड्न सकेँ।’
विराटले अनुष्कासँग आफ्नो तस्वीर ट्वीट गर्दै खेल जितेपछि जन्मदिनको शुभकामना दिए।
टस हारे पहले ब्याटिङमा उत्रिएको घरेलु टोली आरसीबीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो।
ओपनर क्विनटन डेककले १३ बलमा ७ रन जोड्दै खराब प्रदर्शन गरे पनि अर्का ओपनर मनन भोराले उत्कृष्ट ब्याटिङ गरे। उनले ३१ बलमा २ चौका र ४ छक्काको मदतले ४५ रनको योगदान दिए। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ब्रेन्डन म्यमक्कुलमले पनि २५ बलमा ३७ रन जोडे । उनले ४ चौका र २ छक्का प्रहर गरेका थिए ।
मध्यक्रममा कप्तान विराट कोहलीले ३२ रन जोड्दै बेंगलोरको इनिङ्सलाई सम्हाले। उनले २६ बलमा २ चौका र १ छक्का जोडे। मन्दिप सिंह १० बलमा १४ रन तथा वासिङ्टन सुन्दर र टिम साउथी १-१ रन जोड्दै पेभेलियन फर्किए।
बेंगलोरलाई ठुलो स्कोरसम्म पुर्याउन कोलिन डे ग्राण्डहोमले आक्रामक ब्याटिङ गरे। उनले १० बलमा ३ छक्काको मदतले नटआउट २३ रनको योगदान दिए। उनले मिचेल मक्लीनाघनको अन्तिम ओभरमा २४ रन निकालेका थिए।
मुम्बईका लागि हार्दिक पान्ड्याले सर्वाधिक ३ विकेट लिए । जस्प्रित बुमराह, मायांक मार्कान्डे र मक्लीनाघनले पनि १-१ विकेट हात पारे । जोन पल ड्युमिनीले २ ओभरमा कुनै विकेट नलिई २८ रन खर्चेका थिए।
मुम्बईको उत्कृष्ट ब्याटिङ लाईनका अगाडि १६८ रनको लक्ष्य सामान्य थियो। तर ओपनर इशान किशन पहिलो बलमै टिम साउथीको बलमा बोल्ड भएपछि मुम्बईले खराब सुरुआत लियो। चौथो ओभरमा उमेश यादवले पहिलो बलमा सूर्यकुमार यादव र त्यसपछि अर्को बलमा नयाँ ब्याट्सम्यान मुम्बईका कप्तान रोहित शर्मालाई शून्यमै पेभेलियन फर्काए। २१ रनमा शीर्ष ३ ब्याट्सम्यान गुमाएको मुम्बई खेलमा फर्कने प्रयास जारी राख्यो ।
काइरन पोलार्डले १३ बलमा १३ रन जोडे भने जेपी ड्युमिनीले २९ बलमा २३ रनको योगदान दिए । हार्दिक पान्ड्याले ४२ बलमा ५० रन जोड्दै जितको सम्भावना जीवित पारेपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। क्रुनाल पान्ड्याले २३ रन र बेन कटीङले १२ रन जोडे। पुरै २० ओभरमा ७ विकेट गुमाउँदै १५३ रनमा समेटियो।
बेंगलोरका लागि पेस बलरहरु साउथी र यादवसँगै मोहमद सिराजले पनि २ विकेट लिए ।
यस तरिकाले आरसीबीले खेल १४ रनले जित्यो। आरसीबीको आठौं खेलमा तेस्रो जित दर्ता गर्दै ६ अंकसहित अंक तालिकाको पाँ स्थानमा उक्लिएको छ।
समान खेलबाट डिफेन्डिङ च्याम्पियन ६ खेलमा पराजय बेहोर्दै ४ अंकसहित सातौ स्थानमा छ। पुछारमा रहेको दिल्लीसँग समान अंक भए पनि रनरेटका आधारमा दिल्लीलाई पछि पार्न सफल भएको हो।
आईपीएल के प्लेअफमा पुग्न अब मुम्बईले बाँकी रहेका सबै ६ खेल कुनै पनि हालतमा जित्नै पर्ने हुन्छ।
बिबिसी हिन्दीको सहयोगमा