आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले युएईलाई २२२ रनको लक्ष्य दिएको छ।
आवुधावीको सेख जायद क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै २२२ रन बनायो।
नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेसवाकरले अर्धसतकीय पारी खेले। ८३ बल खेलेर ६ चौका हानेका मल्लले ५३ रन बनाएर आउट भए। यत भेसवाकरले नटआउट ९५ बलमा ८१ रन बनाए।
ओपनर दिलिप नाथ आउट भएपछि १४.६ ओभरमा क्रिजमा आएका भेसवाकरले ७४ बलमा अर्धसतक पुरा गरेका थिए।
नेपालका लागि कप्तान पार खड्का र सोमपाल कामीले २०/२० रनको योगदान दिए। ओपनर दिलिप नाथले १६ रन बनाउँदा विनोद भण्डारी ४ रनमा आउट भए। आरिफ शेख शून्यमा आउट भए भने बसन्त रेग्मी १४ रनमा नटआउट रहे।
युएईका लागि जाहुर खानले २ तथा रोशन मुस्ताफा, अहमद राजा र मोहम्मद नाभिदले १-१ विकेट लिए।
नेपालको पारीलाई दिलिप नाथ र ज्ञानेन्द्र मल्लले सुरुवात गरेका थिए। सुरुवाती दुई ओभरमा खाता खोल्न नसकेको नेपालले ४३ रन हुँदा पहिलो विकेट गुमायो। ओपनर दिलिप नाथ ब्यक्तिगत १६ रनमा आउट हुन पुगे।
त्यसपछि ज्ञानेन्द्रले शरद भेषवाकरसँग ४१ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। तर, नेपालको स्कोर ८४ रन हुँदा दोस्रो विकेटको रूपमा ज्ञानेन्द्र मल्ल आउट भए। राम्रो लयमा देखिएको ज्ञानेन्द्र मल्ल ५४ रन बनाएर आउट भए।
त्यसपछि आएका कप्तान पारस खडकाले शरदसँग मिलेर ३८ रनको साझेदारी गरेका थिए। तर पारस २० रनमा आउट भएपछि नेपालले १२२ रनमा तेस्रो विकेट गुमायो।
त्यसपछि क्रिजमा आएका आरिफ शेख खाता खोल्न नपाँउदै रन आउट भएपछि नेपालले १ सय २६ रनमा चौथो विकेट गुमायो।
नेपालको खातामा १३४ रन हुँदम अर्का बिस्फोटक ब्याट्मेन बिनोद भण्डारी ४ रनमा आउट भए। ४४ औं ओभरको छैठौं बलमा सोमपाल कामीलाई नेपालले छैठौं विकेटको रूपमा गुमाउँदा खातामा १८१ रन पुगेको थियो।
त्यसपछि बसन्त रेग्मी र भेसवाकरले पारी सम्हाल्दै टिमको स्कोर २ सय रन कटाए।
हेर्नुहोस् भिडियोhttps://youtu.be/jFV1THQcD-w