हाङझाउ एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीमा नेपाल कास्य पदकमै सीमित बनेको छ।
शुक्रबार विहान हाङझाउ जिआओसान गुआली स्पोर्ट्स सेन्टरको कोर्ट-२ मा भएको सेमिफाइनलमा भारतसँग पराजित भएपछि नेपाल कास्य पदकमै सीमित बनेको हो।
नेपालमाथि भारतले ६१-१७ अंकको जित निकाल्यो।
यसअघि तीन टिम सम्मिलित समूह ‘बी’ मा नेपालले आफ्नो पहिलो खेलमा बंगालदेशलाई हराएको थियो। आफ्नो दोस्रो खेलमा भने नेपाल इरानसँग पराजित भएको थियो।
समूह उपविजेता बनेसँगै नेपालको कास्य पदक पक्का भएको थियो। एसियाली खेलकुदको कबड्डीमा सेमिफाइनल पुग्ने दुई टिमलाई कास्य पदक दिने प्रावधान छ।
यता समूह ‘ए’ बाट भारत र चाइनिज ताइपेई अन्तिम चारमा पुगेका थिए। यो इभेन्टको फाइनल भोलि हुनेछ।
महिला कबड्डी नेपालका लागि एसियाली खेलकुदमा पदक जिते त्यो टिम खेलबाट दोस्रो खेल हो। यसअघि सन् २०१८ को इन्डोनेसियाको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको टिम इभेन्ट्सबाट रजत जितेको थियो।
कबड्डीबाट भने नेपालले एसियाली खेलकुदमा पहिलो पदक जित्दै इतिहास बनाएको छ।
महिला कबड्डीले पदक जितेसँगै यो संस्करणको एसियली खेलकुदमा नेपाल पदकविहीन हुनबाट जोगिने पक्का छ। यद्यपी नेपालका केही बाँकी छन्।
पछिल्ला तीन एसियाली खेलकुदमा नेपालले एक पकद मात्र जित्न सकेको छ। सन् २०१० को ग्वाझाउ एसियाली खेलकुदमा बक्सिङबाट दीपक महर्जनले कास्य, २०१४ को इन्चोन एसियाली खेलकुदमा विमला तामाङले करातेबाट कास्य र २०१८ को जाकर्ता-पालेङबाङ एसियाली खेलकुदमा प्याराग्लाइडिङले रजत पदक जितेका थिए।