राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष हारेका नेता कमल थापाले पोखरामा सोमबार भएको टेनिस प्रतियोगितामा दोहोरो जित निकालेका छन्।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा नेपालका भेट्रान खेलाडी समेत रहेका थापाले उक्त जित निकालेका हुन्।
उनले ५५ वर्षमाथिको सिंगल र डबल्स दुबै खेलमा जित हासिल गरेका हुन्। सिंगलतर्फको स्पर्धामा थापाले राजकुमार गुरुङमाथि ६-४, ६-० को सहज जित निकाले।
सोही उमेर समूहको डवल्समा झ्याम्पा ढुण्डुपलाई साथी बनाएका थापा जोडीले विदुर विष्ट र काजी गुरुङको जोडीलाई ६-२, ६-१ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउन सफल भए।
प्रतियोगिता अन्तर्गत सोमबार भएका अन्य खेलहरूमा मेन्स ओपनतर्फ नेपालका शीर्ष वरियता प्राप्त खेलाडी प्ररण खनालले प्राञ्जल कायस्थलाई ६-१, ६-२ ले, विष्णु नेपालीले गौरवप्रताप शाहलाई ६-१, ६-३ ले, नेहार जंगबहादुर थापाले प्रमोदबहादुर थापालाई ६-०, ६-० ले, मनोज महर्जनले निशान्त श्रेष्ठलाई ६-०, ६-० ले, अक्कि जुवेन रावतले सौगात विकलाई ६-०, ७-६ ले तथा गोविन्द नेपालीले विवेक मगरलाई ६-०, ६-२ ले पराजित गरे।
त्यस्तै, उमन्स सिंगलतर्फ सलोनी तामाङले रायना शाहलाई ६-४, ६-३ ले, शर्भानी श्रेष्ठले प्रकृति श्रेष्ठलाई ६-२ ६-० ले, भगवती विकले श्रेया भट्टराईलाई ६-३, ६-३ ले तथा गंगा शर्माले सुभांगी लक्ष्मी शाहलाई ६-१, ६-३ ले पराजित गरिन्।
३५ वर्षमाथिको पुरुष एकलतर्फ सन्तोष खत्रीले कमल भण्डारीलाई ३-६, ६-३ र सुपरटाइमा १०-६ ले, दावा शेर्पाले विकास गुरुङलाई ६-०, ६-१ ले, सञ्जयकुमार श्रेष्ठले प्रकाशराज वाग्लेलाई ६-४, ६-१ ले, भीष्म गुरुङ्गले सबर मियाँलाई ६-०, ६-० ले, नवीन श्रेष्ठले सोम मगरलाई ७-६, ६-२ ले, निरज थापाले मदन थापालाई ६-१, ६-१ ले, सीमान्त गुरुङले लक्ष्मण तामाङलाई ६-७, ६-३ र सुपरटाइमा १०-१ को जित निकाले।
४५ वर्षमाथिको एकलमा चन्द्र शाहीले सुकमान तामाङ्गलाई ६-२, ६-० ले, धरमसिंह लामिछानेले यज्ञबहादुर भण्डारीलाई ६-३, ६-२ ले, उत्तम लामाले रोहित सुनुवारलाई ६-४, ६-३ ले, उत्तम बोगटीले शुक्र शेरचनलाई ६-१, ६-० ले, विनोद कायस्थले गोपीबहादुर भट्टराईलाई ६-३, ३-६ र सुपरटाइमा १०-७ ले, शिव सेढाइँले मनोज श्रेष्ठलाई ६-१, ६-० ले तथा हुम आलेले विकास गुरुङलाई ३-६, ६-३ र सुपरटाइमा १०-७ ले तथा विमल गुरुङले शरण गुरुङलाई ६-१, ६-० ले पराजित गरेका छन्।
३५ वर्षमाथिको डबल्समा कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले प्रकास वाङगेल र इन्द्र गुरुङलाई ६-२, ६-२ ले, सीमान्त गुरुङ र भीष्म गुरुङको जोडीले निरज थापा र विकास गुरुङलाई ६-२, ७-५ ले, राजन पौडेले र नविन श्रेष्ठको जोडीले सुकमान तामाङ र दुर्गा केसीलाई ४-६, ६-४ र सुपरटाइमा १०-६ ले पराजित गरे।
प्रतियोगिता अन्तर्गत ४५ वर्षमाथिको डबल्समा नवीन चालिसे र वीरेन्द्र लामाको जोडीले पदम गुरुङ र राजकुमार घिमिरेको जोडीलाई प्रतिस्पर्धात्मक खेलमा ६-४, ५-७ र सुपरटाइमा १०-४ ले पराजित गरे। निरेश श्रेष्ठ र गोपालदास मानन्धरको जोडीले केबी थापा र अमृत कार्कीको जोडीलाई ६-४, ४-६ र सुपरटाइमा पराजित गरे।
५५ वर्षमाथिको डवल्समा मनोज राणा र राम रानाको जोडीले विष्णु गुरुङ र शान्ता श्रेष्ठको जोडीलाई सहज जित निकाल्न सफल भए। प्रतियोगिता अन्तर्गत मंगलबार पनि विभिन्न उमेर समूहमा प्रतिस्पर्धा हुने टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले जानकारी दिए।