पोखरामा क्यालिस्थेनिक्स व्यायाम विस्तारै हुँदै गएको छ। क्यालिस्थेनिक्स एक प्रकारको व्यायाम हो। यसमा पोखरा युवाहरू विस्तारै एक भएर आगडि बढ्न थालेका छन्। युवाले ‘बारस्वाड नेपाल’ क्लब नै बनाएर व्यायाम लागेका छन्।
उनीहरूले यस्ता व्यायाम गर्ने क्यलिस्थेनिक्स पार्क पनि निमार्ण गर्दै अगाडि बढेका वारस्वाड नेपालका अध्यक्ष जस्पर गुरूङले जानकारी दिए।
उनीहरू युवालाई प्रशिक्षणसमेत दिदै आएको बताए। अमेरिकाबाट शुरु भएको यो व्यायाममा पुलअप, पुसअप, बक्स जम्प, प्यारालल डिप्स, बर्पी, टायर फ्लीक्स र फार्मर्स क्यारी जस्ता खेल कौशल सिकाउने गर्छन्।
उनीहरू पोखरामा सन् २०१६ देखि क्यालिस्थेनिक्स गर्दै र सिकाउँदै आएको बताए। क्यालिस्थेनिक्स गर्न पार्क आवश्यक हुने उनको भनाई छ। अहिले पोखरामा करिब एक सय खेलाडी रहेको उनले बताए।
विशेष गरी हातको शक्तिले शारीरिक ब्यायाम गर्नुलाई क्यालिस्थेनिक्स भनिन्छ। यो खेलमा शारीरिक सुगठन र जिम्न्यास्टिक खेलका विशेषता मिश्रित हुने र अहिले साहसिक खेलका रुपमा चिनिन थालेको वारस्वाड नेपालका सदस्य विनेक खड्काले बताए।
पोखराको मियापाटन, चाउथे, विरोटा, लेकसाइड लगाएतका ठाउँमा पार्क बनाएर व्यायाम गर्ने गरेको उनले बताए।
क्यालिस्थेनिक्स व्यायामले जीवनमा धेरै सकारात्मक परिवर्तनहरू ल्याउने गरेको खेलाडी विधान रेग्मीले बताए। उनले पार्कको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए।