जापानमा जारी ३२ औं गृष्मकालिन ओलम्पिक प्रतियोगिता अन्तर्गत अन्तिम दिन महिला भलिबलतर्फको स्वर्ण पदक अमेरिकाले जितेको ्छ।
आइतबार भएको फाइनलमा ब्राजिललाई ३–० को सोझो सेटमा पराजित गर्दै अमेरिकाले स्वर्ण पदक हात पार्यो।
पहिलो सेट २५–२१ ले जितेको अमेरिकाले दोस्रो सेट २५–२० र तेस्रो सेटमा २५–१४ को जित निकाल्यो। यो सँगै ओलम्पिक महिला भलिबलमा अमेरिकाले पहिलो पटक स्वर्ण जित्न सफल भएको हो।
हालसम्म अमेरिकाले ३९ स्वर्णसहित शीर्ष स्थानमा कायमै छ। अब दुई स्पर्धा मात्र बाँकी रहँदासम्म अमेरिकाले ३९ स्वर्ण, ४० रजत र ३३ कास्यसहित कुल ११२ पदक जितिसकेको छ।
अब बक्सिङमा उज्वेकिस्तानसँग अमेरिकाले स्वर्णका लागि अन्तिम खेल खेल्न बाँकी छ।
एसियाली मुलुक चीन दोस्रो रहँदै ओलम्पिक टुंग्याउने भएको छ। हालसम्म ३८ स्वर्ण जितेको चीनले सबै खेल खेलिसकेको छ।