रूकुम पूर्वको भूमे गाउँपालिकाले आगामी चैत ७ गतेदेखि १० गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ।
राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको फागुन १६ गते बसेको बैठकले गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबारे निर्णय गरेको थियो।
प्रतियोगिताका लागि गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई अनिवार्य सहभागिताको लागि पालिकाले अनुरोधसमेत गरेको छ।
प्रतियोगिता नेपाल राष्ट्रिय माद्यामिक विद्यालय भूमे-९, चुनवाङमा हुनेछ। प्रतियोगितामा सहभागी विद्यालयले चैत १ गतेदेखि ६ गतेसम्म नाम लेखाइसक्नुपर्नेछ।
प्रतियोगिताको टाईसिट गोलाप्रथाद्बारा चैत ७ गते सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सहभागी हुने विद्यार्थी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ। गैर विद्यार्थी तथा १८ वर्ष भन्दा बढी उमेर समूहका विद्यार्थीले प्रतियोगितामा भाग लिन नपाउने गाउँपालिकाले जनाएको छ।
प्रत्येक इभेन्ट्सका विजयी खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिने पालिकाले जनाएको छ।
प्रत्येक खेलाडीले बढीमा एक फिल्ड दुई ट्रयाक वा दुई फिल्ड एक ट्रयाकमा भाग लिन पाउने छन् ।
एथ्लेटिक्स प्रतियोगितामा प्रत्येक विद्यालयले रीले खेलको रुपमा महिला तथा पुरुष रीलेको प्रत्येक इभेन्टमा १/१ समुह मात्र र अन्य प्रत्येक इभेन्टमा बढीमा २ खेलाडीहरुलाई सहभागी गराउन सक्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा भलिबल (छात्र/छात्रा), कबड्डी (छात्र/छात्रा), एथ्लेटिक्स (दौड (ट्रयाक) तर्फ छात्रः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले, छात्राः १०० मि. ,२०० मि. , ४००मि. , ८००मि. ,१५०० मि. , ३००० मि. ,४X१००मि. रिले, ४X४०० मि. रिले), उफ्रने र फ्याक्ने (फिल्ड तर्फ) छात्रः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ८००ग्राम , सटफुट १२ पाउण्ड
छात्राः- हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो ६००ग्राम , सटफुट ८ पाउण्ड।