सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साईकल दौडको उपाधि जितेका छन्।
धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण विजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन्। उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेकी थिईन्।
दोस्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिईन्। गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेस्रो स्थान हाँसिल गरिन्।
उषा गण्डकी प्रदेश स्तरीय साईकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भईन्। गण्डकी प्रदेश स्तरीय महिलाको उपविजेता लमजुङकी केशरीथापा मगर हुँदा कास्कीकी जमुना थापा तृतिय भईन्।
त्यसैगरि पुरूष खुलातर्फको उपाधि विजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको दूरी पार गरेक थिए। दोस्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेस्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए।
पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरूष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो,गोरखाका लेखप्रसाद भट् दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए।
शिवले पालुङटार स्तरीय साईकल दौडको उपाधि भने जित्न सफल भए। उनी पालुङटारबाट सहभागि हुने एकल राईडर थिए।
लिगलिग भिलेज स्पोर्टसद्धारा संचालित कार्यक्रमको बिजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख दीपकबाबु कँडेल, विशेष अतिथि पर्यटन बोर्टका सिईओ धनन्जय रेग्मी, नेपाल साईकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती, प्रतियोगिता संयोजक संजिब रानालगायतले पुरस्कृत गरेका थिए ।
स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताका पुरुष तथा महिला खुला दौडको बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे। साथै दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए।
गण्डकी प्रदेश स्तरीय महिला तथा पुरूष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन् ।
पालुङटार नगरपालिका स्तरिया पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन् । प्रतियोगितामा ११ बर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पुरा गर्न सफल भए । उनलाई पालुङटार नगर प्रमुख कडेलले प्रोत्सान स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए।
समापन समारोहमा नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड प्रत्येक वर्ष गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
सिरानचोक गाउपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गरेका थिए भने निम्नतम हाईट ४ सय २० मिटर सम्म ड्राईव कुसलता साथ सम्पन्न गरेका थिए ।
लिगलिगे दौडमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीसहित प्रदेश र स्थानीय स्तरका ७८ जना खेलाडीको सहभागिता थियो।
१०० जनाले रजिष्ट्रेसन गरेको प्रतिस्पर्धामा ६२ पुरूष र १६ महिलाले प्रतिस्पर्धा गरेका थिए। साइकल दौडको दूरी ५२.९ किलोमिटर थियो।
राइनस गाउँपालिका तथा नेपाल साइक्लिङ एसोसिएशनको प्राविधिक सहयोगमा भएको साइकल दौडमा ६ इभेन्ट्स भएका थिए।
प्रतियोगितामा आमपिपल निवासी मनकाजी श्रेष्ठले टिशर्ट शौजन्य गरेका थिए भने झण्डा सहयोग गोर्खा समाज, हङकङले गरेको थियो।
महिला र पुरुष खुला दौड, गण्डकी प्रदेश स्तरीय महिला र पुरुष दौड, पालुङटार नगरपालिका स्तरीय महिला र पुरुष गरी ६ इभेन्ट्समा प्रतिस्पर्धा भएका हुन्।
सबै इभेन्ट्सको रूट र दूरी समान-समान थियो। दौड लिगलिग कोटबाट सुरू भई हर्मि भन्ज्याङ, आँपपीपल, राईनास, पालुङटार, लुइँटेल भन्ज्याङ, बडडाँडा, सभा चौतारा हुँदै पुनः लिगलिग कोट पुगेर समापन भएको थियो।
हेर्नुहोस् केही तस्बिरहरू