नाओमी ओसाका अस्ट्रेलियन ओपन टेनिसको महिला एकलको फाइनलमा प्रवेश गरेकी छिन्।
बिहीबार भएको सेमिफाइनल भिडन्तमा ओसाकाले सेरेना विलियम्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएकी हुन्।
पराजय भोगेसँगै ओसाकाको २४औं ग्रान्डस्ल्याम जित्ने लक्ष्य फेरि अधुरै बन्यो।
तीन पटककी ग्रान्डस्ल्याम विजेता ओसाकाले सेरेनालाई ६-३ र ६-४ को सोझो सेटमा पराजित गरेकी हुन्।
पछिल्ला २० खेलमा अपराजित ओसाकाले आफूले खेलेको ग्रान्डस्ल्यामको फाइनल गुमाएकी छैनन्।
जापानिज खेलाडी ओसाकाले अब उपाधिका लागि अमेरिकाकी जेनिफर ब्राडीसँग आइतबार प्रतिस्पर्धा गर्नेछिन्।
जेनिफरले चेक गणतन्त्रकी कारोलिना मुचोभालाई पराजित गरेर ओसाकासँगको भेट पक्का गरेकी हुन्।